“नबिल ब्यालेन्सड फण्ड ३” को इकाई सूचीकृत, भोलिदेखि दोस्रो बजारमा कारोबार खुल्ने

0
Shares

नबिल म्यूचुअल फण्ड अन्तर्गत बिक्रीमा आएको “नबिल ब्यालेन्स्ड फण्ड ३” को इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

भदौ २५ गतेदेखि २९ गते मंगलबारसम्म बिक्रीमा आएको बन्दमुखी म्युचुअल फण्डको इकाई बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

इकाई सूचीकृत भएसँगै इकाईमा लगानी गरेकाले बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा खरीद बिक्री गर्न सक्नेछन् ।

नेप्सेले फण्डको दोस्रो बजारमा कारोबारका लागि एनबिएफ ३ कारोबार संकेत प्रदान गरेको छ । बिहीबारदेखि फण्डको इकाई यसै कारोबार संकेतमा हुनेछ । फण्डको प्रतिइकाई मूल्य दश रुपैयाँमा कारोबार सुरु हुनेछ ।

फण्डको सर्वसाधारणमा यही प्रति इकाइ १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री खुल्ला गरिएको थियो । तर फण्ड खरीदका लागि मागभन्दा उच्च आवेदन परेपछि २५ प्रतिशतले फण्डको आकार वृद्धि गरी बाँडफाँड गरिएको थियो ।

दश वर्ष अवधिको बन्दमुखी योजनाको कोष प्रवर्दकमा नबिल बैंक र योजना व्यवस्थापकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

नबिल बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी नबिल इन्भेष्टमेन्टले हाल कम्पनीले नबिल ब्यालेन्स फण्ड र नबिल इक्विटी फण्ड सञ्चालन गरिरहेको छ । नबिल इन्भेष्टमेन्टको व्यवस्थापनमा सञ्चालन हुने यो तेस्रो योजना हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ मंसिर २०७८, बुधबार  १४ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।