अरूण काबेली पावर कम्पनी लिमिटेड (
AKPL) को बोनस शेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
स्टकका अनुसार कम्पनीले चुक्ता पूँजीको १७ प्रतिशत बोनस बापतको २६ लाख ९५ हजार ६०५ कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत गराएको हो ।
अरूण काबेली पावर कम्पनी लिमिटेडको गत भदौ २६ गते सम्पन्न भएको ११ औं वार्षिक साधारण सभाले उक्त्त बाेनस पारित गरेकाे थियाे ।
सभाले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको थियो । सोही बोनस बुधबार सूचीकृत भएको हो ।
सभाले बोनसपछि कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया