
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (MERO) ले मंसिर २४ गते, शुक्रबार, होटल वाटर टावर, विदुर, नुवाकोटमा बिहान ११ः३० बजे नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव अनुमोदनका साथै अन्य प्रस्तावहरु राखेर लघुवित्तले साधारण सभा डाकेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांश गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव अनुमोलदन गर्नेछ ।
यस्तै नवौं वार्षिक साधारण सभाबाट मेरो माइक्रोफाइनान्स लघुवित्त र अन्य लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ९ गतेदेखि २४ गतेसम्म शेयर दाखिल खारेजी (बुकक्लोज) मिति तोकेको छ । यस अनुसार मंसिर ८ गतेसम्म नेप्सेमा शेयर कारोबार भइ कायम शेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया