एभरेष्ट ग्यास संसारको ब्राण्ड एम्बेस्डरमा दीपक दीपा

0
Shares

एभरेष्ट ग्यास संसारले कलाकारद्वय दीपक राज गिरी र दीपा श्री निरौलालाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

शुक्रबार काठमाण्डौंमा आयोजित एक समारोहबीच मिडिया र सार्वजनिक व्यक्तित्वहरूको उपस्थितिमा उनीहरुलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको घोषणा गरिएको थियो ।

एभरेष्ट ग्यास संसार अन्तर्गत एभरेष्ट (काठमाडौं), त्रिशुल (भैरहवा), कामाख्य (सुनसरी), प्रिमा (सुनसरी), साहारा (हेटौंडा), सैपाल(कैलाली) र सुगम (धादिङ) लगायतका ब्राण्ड आवद्ध छन् ।

करिब ३ हजार डिलरहरुको सञ्जाल मार्फत एभरेष्ट ग्यास संसारले नेपालभर सेवा प्रदान गरिरहेको बताइएको छ । यी सबै ब्राण्डहरुका करिब २० लाख सिलिण्डरले लाखौं नेपालीको भान्सामा साथ पाएको छ । ३० वर्ष भन्दा बढीको अनुभवको साथ समर्थित, यसको परिष्कृत र अत्याधुनिक उपकरणहरुले प्रत्येक उत्पादन र गुणस्तर मापदण्डहरूको पालना गर्दछ । त्यसैले एभरेष्ट ग्यास संसारले अत्यधिक सुरक्षा र विश्वसनीयताको आश्वासन दिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै एभरेष्ट ग्यास संसारका अध्यक्ष शिव प्रसाद घिमिरेले भने, ‘नेपालको ग्यास बजार केही अव्यवस्थित छ । कुनैपनि समयमा कुनैपनि सिलिन्डरको उपलब्धता नहुन सक्छ र सिलिन्डर परिवर्तन गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता छ । यसलाई सहज बनाउन हामीले प्रयास गरीरहेका छाैं । व्यवसायका लागि मात्र नभई दुर्घटना कम गर्नका लागि आम उपभोक्तालाई सूसूचित गराउन पनि हामी प्रतिबद्ध छौं’ ।

बिक्री बढाउनुभन्दा पनि ग्यास प्रयोग, सुरक्षा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले ब्राण्ड एम्बेस्डर नियुक्त गरेका अध्यक्ष घिमिरेले बताए । उनले भने, ‘एभरेष्ट ग्यास भनेको धर्म,जात, वर्गको भेदभाव नगरी जनताको ब्राण्ड हो ।

उकृष्ट ब्राण्डमा आवद्ध हुन पाउदा खुशी लागेको ब्राण्ड एम्बेस्डर दिपक राज गिरीले बताए । उपभोक्तालाई सचेत बनाउने अवसर प्राप्त भएको ब्राण्ड एम्बेस्डर दीपा श्री निरौलाले बताइन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  १३ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।