आइतबार कुन कम्पनीका लगानीकर्ताले कमाए कसले गुमाए ?

0
Shares

आइतबार नेप्से ११.६० अंकले घटेर २ हजार ७५७ दशमलव ५३ विन्दुमा झरेर बन्द भएको छ ।

नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक र महिला लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको हो। नारायणी डेभलपमेन्ट बैंकको प्रतिकित्ता ८६.६० रुपैयाँले बढेर ९५२.६० रुपैयाँ पुगेको छ भने महिला लघुवित्तको शेयरमूल्य प्रतिकित्ता १४९.५० रुपैयाँले बढेर १६४४.८० रुपैयाँ पुगेको छ

त्यसैगरी, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशत बढेर प्रतिकित्ता ९१८ र हिमाल दोलखा हाइड्रोपावरको शेयरमूल्य ६.४० प्रतिशत बढेर प्रतिकित्ता ३९९ रुपेयाँ पुगेको छ । शिवश्री हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी संस्थापक, सिभिल बैंकको शेयरमूल्य ४ प्रतिशत धेरै तथा समृद्धि फाइनान्स, शिवम् सिमेन्ट र नेशनल हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिशत धेरैले बढेर कारोबार भएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-11-21 15:00:00
NABBC 952.60 86.60 10.00
MLBS 1,644.80 149.50 10.00
CORBL 918.00 68.00 8.00
HDHPC 399.00 24.00 6.40
SSHL 380.50 15.30 4.19
RBCLPO 13,969.00 541.00 4.03
CBL 260.00 10.00 4.00
SFCL 535.60 20.50 3.98
SHIVM 1,374.00 51.00 3.85
NHPC 458.90 14.90 3.36

उता यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ४.२१ प्रतिशत घटेर प्रतिकित्ता ६१६ रुपैयाँमा झरेको छ। त्यसैगरी आईसीएफसी फाइनान्स, प्रिमियर इन्स्योरेन्स, मैलुङ्गखोला जलविद्युत, नेशनल माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र साधना लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

यसैगरी नेपाल टेलिकम, सानिमा लाइफ र समता लघुवित्तको शेयरमूल्य पनि साढे २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-11-21 15:00:00
TPC 616.00 -27.10 -4.21
ICFC 865.00 -35.00 -3.89
PIC 1,008.00 -37.70 -3.61
MKJC 530.00 -18.00 -3.28
NMFBS 3,540.00 -120.00 -3.28
NRN 671.30 -22.60 -3.26
SDLBSL 1,315.20 -42.80 -3.15
NTC 1,395.50 -42.50 -2.96
SLI 528.10 -14.90 -2.74
SMATA 1,465.00 -40.00 -2.66

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ मंसिर २०७८, आइतबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।