
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा २०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ, तेजावी सुनको मूल्य ९३ हजार ४०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार २७० रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन तोलाको ९३ हजार ७०० रुपैयाँ, तेजावी सुन ९३ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार सुन तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया