नेपाल राष्ट्र बैंकले लघुवित्तीय संस्थाका लागि पनि उच्च पदस्थ अधिकारीको पहिचान गर्ने प्रणाली विकास गर्न भनेको छ ।
बैंकले लघुवित्त मार्फत हुनसक्ने पनि सम्पत्ति शुद्धीकरणलाई नियन्त्रण गर्न यस्तो व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम लघुवित्त वित्तीय संस्थाले ग्राहक÷सदस्यसँग व्यावसायिक सम्बन्ध स्थापित गर्दा वा कारोवार गर्दा उच्च पदस्थ व्यक्तिको पहिचान गर्ने संयन्त्र/प्रणालीको विकास गर्नुपर्छ ।
उच्च पदस्थ व्यक्तिको परिवार तथा सम्बद्ध व्यक्तिको समेत पहिचान समेत गर्नुपर्ने केन्द्रीय बैंकले व्यवस्था गरेको छ । उच्च पदस्थ व्यक्तिको पहिचान गर्ने प्रक्रिया अन्तर्गत सम्बन्धित व्यक्तिबाट सूचना लिने वा स्वःघोषणा गर्न लगाउनुपर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।
त्यसैगरी सार्वजनिक रुपमा उपलब्ध सूचना एवं व्यावसायिक रुपमा उपलब्ध हुने तथ्याङ्कलाई लिन सकिने समेत व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । उच्च पदस्थ व्यक्तिसँग व्यावसायिक सम्बन्ध स्थापना गर्नु पूर्व संस्थाको माथिल्लो व्यवस्थापकीय तहको स्वीकृति लिएर मात्र गर्नुपर्ने समेत केन्द्रीय बैंकको नयाँ निर्देशनमा उल्लेख छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया