आरएमडिसी लघुवित्त वित्तीय संस्था (RMDC) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । 
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
मंसिर १५ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले अघिल्लो आवको तुलनामा पाँच प्रतिशत बाेनस बढाएर लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
अघिल्लो वर्षको भन्दा बोनस बढाएको लघुवित्तले २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद सहित कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश अनुुसार २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँ बराबरको बोनस शेयर र ५ करोड १७ लाख ११ हजार ९७ रुपैयाँ बराबरको नगद गरी कुल २५ करोड ८५ लाख ५५ हजार ४८५ रुपैयाँ बराबरको लाभांश वितरण हुनेछ ।
उक्त्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात लगानीकर्तालाई वितरण हुनेछ ।
अघिल्लो आथिक वर्ष कम्पनीले १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ छ । २० करोड ६८ लाख ४४ हजार ३८७ रुपैयाँ बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ ।
यस्तो छ विगतको लाभांश इतिहासः
| S.N. | Fiscal Year | Bonus Dividend(%) | Cash Dividend(%) | Total Dividend(%) |
| 1 | 2077/2078 | 20.00 | 5.00 | 25.00 |
| 2 | 2076/2077 | 15.00 | 5.00 | 20.00 |
| 3 | 2075/2076 | 12.50 | 12.50 | 25.00 |
| 4 | 2074/2075 | 10.00 | 10.00 | 20.00 |
| 5 | 2073/2074 | 5.00 | 15.00 | 20.00 |
| 6 | 2072/2073 | 10.00 | 10.00 | 20.00 |
| 7 | 2071/2072 | 10.00 | 16.32 | 26.32 |
| 8 | 2070/2071 | 10.00 | 21.58 | 31.58 |
| 9 | 2069/2070 | 0.00 | 15.00 | 15.00 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।






प्रतिक्रिया