बी.एम.डब्लूको पहिलो विद्युतीय कार भारतीय बजारमा लन्च हुँदै

0
Shares

विश्व विख्यात अटोमोबाइल कम्पनी बी.एम.डब्लुले पहिलो पटक भारतीय बजारमा विद्युतीय कार ल्याउने भएको छ ।

सन् २०२१ डिसेम्बर १३ तारिखमा बी.एम.डब्लुले आइ.एक्स् विद्युतीय एस्.यु.भी लन्च गर्ने भएको हो । जर्मन कार निर्माताले भारतमा आफ्नो फ्ल्यागशिप इलेक्ट्रिक एसयूभी लन्च गर्न लागेको हो ।

बिएमडब्लू आईएक्स २०२० नोभेम्बरमा विश्वव्यापी रूपमा अनावरण गरिएको थियो । यो बिएमडब्लूको भिजन आई नेक्स्ट कन्सेप्ट एसयूभीको उत्पादन विशेष संस्करण हो जुन सन् २०१८मा पेरिस भएको मोटर शोमा पहिलो पटक प्रदर्शन गरिएको थियो। बिएमडब्लू आईएक्स इलेक्ट्रिक एसयूभी डिसेम्बर २०२१ देखि पूर्ण रुपमा भारतमा नै निमार्ण हुनेछ ।

आफ्ना प्रतिस्पर्धी कम्पनीहरु मरसीडीज–बेन्ज, अउडी–इट्रोन, जौगर आइ–पेसलाई टक्कर दिँदै बी.एम.डब्लुले नयाँ प्रविधियुक्त वातावरण मैत्री विद्युतीय कार बजारमा ल्याउने भएको हो । आइ.एक्स् विद्युतीय एस्.यु.भीको मूल्य ८३ हजार २२० अमेरिकी डलर रहेको छ । नयाँ बी.एम.डब्लुको आइ.एक्स् इलेक्ट्रिक एसयूभीको मूल्य भारतमा १ करोड रुपैयाँ हुने अपेक्षा गरिएको छ । जसले मर्सिडीज बेन्ज ईक्यूसी, अउडी ई ट्रोन, जगुआर आईपेस, इत्यादिलाई टक्कर दिनेछ ।

बी.एम.डब्लु इन्डियाले ट्वीटर मार्फत भनेको छ –“बी.एम.डब्लुको लागि आन्नदायी यात्रा गर्नु भनेको केवल गाडी चड्नु मात्रै होइन, बरु सारा संसारलाई दिनहु अलिक राम्रो बनाउने परिवर्तनको लहर चलाउनु हो । हामी यातायात तथा गतिशीलताको भविष्यलाई नयाँ ढङ्गले परिभाषित गर्न तयार छौं। हामीसँगै रहनु होस् ।”

यस ट्वीटबाट के बुझिन्छ भने कम्पनीले आउने दिनहरुमा बी.एम.डब्लुले अरु मोडेलका विद्युतीय कारहरु पनि बजारमा ल्याउने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ मंसिर २०७८, बुधबार  १७ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।