
नेपाली बजारमा आइतबार सुनचाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एकैदिन सुन तोलामा ७०० रुपैयाँ र चाँदी १० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ कायम गरिएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ, तेजावी सुन ९० हजार ८०० रुपैयाँ र चाँदी तोलाको १ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७ ८३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.५४ डलर आसपासमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔँस एक हजार ७७२ डलर र चाँदी प्रतिऔँस २२.४१ डलर आसपासमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया