महुली लघुवित्तको लाभांश स्वीकृत

0
Shares

महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को प्रस्तावित लाभांश वितरण गर्न नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

सोमबार कम्पनीले नेप्से मार्फत उपलब्ध गराएको सूचनामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट स्वीकृत भएको उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले लाभांश प्रस्तावसहित वित्तीय विवरणहरु स्वीकृत गरेसँगै कम्पनीलाई वार्षिक साधारण सभाबाट लाभांश अनुमोदनको बाटो खुला भएकाे छ ।

लघुवित्तको कात्तिक १३ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजी २२ करोड ३९ लाख ४४ हजारको २६ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गर्दै स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको थियो ।

नवकिरण लघुवित्तसँग मर्जर प्रक्रियामा गएकाले कम्पनीको बोनसमा भने कर छुट हुनेछ । नवकिरण लघुवित्त र महुली लघुवित्त वित्तीय संस्थाबीच मर्जर प्रक्रिया सम्पन्न भई २०७७ मंंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु भएको थियो ।

लघुवित्तको लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार  ११ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।