कामना सेवा विकास बैंक (KSBBL) ले ३१ हजार ७२९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंकका संस्थापक सेयरधनी श्रीराम पाण्डेको नाममा रहेको २६ हजार ८९४ कित्ता र रुपेश थापाको नाममा रहेको ४ हजार ८३५ कित्ता सेयर बिक्री गर्न लागिएको बैंकले सोमबार जारी गरेको सूचनामा उल्ल्लेख छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।
सूचनामा संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य भने तोकिएको छैन । यसअनुसार अंकित मूल्य १०० लाई आधार मानेर लगानीकर्ताले प्रतिस्पर्धात्मक मूल्यमा बोलपत्र पेश गर्न सक्नेछन् ।
संस्थापक सेयरधनीका लागि तोकिएको ३५ दिन अवधिमा शेयर खरीद गर्न निवेदन नपरेमा प्रचलित कानून बमोजिम उक्त सेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री गरिने पनि बैंकले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया