मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुन तोलामा २०० र चाँदी १० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य तोलाको १ हजार १९० रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन तोलाको ९२ हजार रुपैयाँ, तेजावी सुन ९१ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबार सुनचाँदीको मूल्य घटेपनि सोमबार स्थीर रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७.६३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔँस २२.३१ डलर आसपासमा कारोबार भइरहेको छ ।
हिजाे सुन प्रतिऔँस एक हजार ७८२ डलर र चाँदी प्रतिऔँस २२.४७ डलर आसपासमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया