एनआईबिएल एस क्यापिटलले सुरु गर्यो च्याटबोट सेवा

0
Shares

एनआईबिएल एस क्यापिटलले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ । समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले बताएको छ ।

यस च्याटबोट सेवा बाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै सँग जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्ने कुरामा एनआईबिएल एस क्यापिटल विश्वस्त रहेको बताएको छ ।

परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यस अघि कम्पनीेले विद्युतीय प्रणाली मार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो शेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।