वोमी लघुवित्तले बोलायो पुस १६ गते साधारण सभा

0
Shares

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड (WOMI) ले मर्जर र लाभांशलाई मुख्य एजेण्डा बनाएर पुस १६ गते १० औं वार्षिक साधारण सभा बोलाएको छ ।

लघुवित्त कम्पनीले धुलिखेल नगरपालिका ४ धुलिखेल स्थित होटल अरनिकोको सभा हलमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै वोमी लघुवित्त र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई पनि सभाले पारित गर्नेछ । उक्त मर्जर प्रयोजनको लागि सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

१० औं वार्षिक साधारण सभाले मर्जर समितिबाट निर्धारण गरेको १ः१ अनुपातमा सेयर आदान प्रदान अनुपात पनि पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले पुस १ गते देखि १६ गतेसम्म सेयरधनीदर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । यसअनुसार मंसिर २९ गते बुधबारसम्म सेयरधनी कायम रहेका लगानीकर्ता मात्र लाभांशका लागि योग्य हुनेछन् । सूर्योदय लघुवित्तसँग मर्जरपछि कम्पनीको सेयर कारोबार गत भदौ १६ गतेदेखि नै बन्द रहेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ मंसिर २०७८, बुधबार  १८ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।