
नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपालको नयाँ नेतृत्वका चयनका लागि बिहीबार बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।
अध्यक्ष सहित १८ सदस्यीय कार्यसमितिका लागि दुई प्यानल मैदानमा उत्रिएका छन् । ध्रुव थापा र करण चौधरीले प्यानल सहित उम्मेदवारी दिएका छन् । दुई पक्षबीच तीव्र चुनावी प्रतिस्पर्धा देखिएको छ ।
नाडा अटोमोबाइल्स एसोशियसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बिहान ११ बजेसम्ममा एक हजारभन्दा बढी भोट खसिसकेको नोटबजारलाई जानकारी दिए ।
तीन हजार एक सय सदस्य रहेको नाडाको मतदानका लागि ३५ वटा बुथ निमार्ण गरिएको छ । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ । साँझ पाँच बजेपछि मतगणना गरिने अध्यक्ष दुलालले जानकारी दिए ।
नाडामा व्यवसायीहरूबीच सहमति जुट्न नसकेपछि यसपटक प्रत्यक्ष निर्वाचन मार्फत सभाले नयाँ कार्य समितिको टुंगो लगाउन लागेको हो । थापा र चौधरी दुई समूह (प्यानल) मा रहेर अन्य ३४ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

थापा प्यानलबाट आकाश गोल्छा, निराकार श्रेष्ठ, दीपक कुमार अग्रवाल, कपिल सिवाकोटी, शुभाषिश थपलिया, प्रदीपमान प्रधान, दिपक कुमार खेतान, यमुना श्रेष्ठ, अमरज्योती र रञ्जित, भवनाथ पाठक –वि.एन पाठक), दिपेन्द्रकुमार मिश्र, नारायणप्रसाद पौडेल (राजन), नवराज भुषाल, रिद्दी कार्की, प्रकाश सिग्देल, प्रकाश सिग्देल र सगुनवीर कंसाकारले उम्मेदवारी दिएका छन् ।
यसैगरी चौधरीको प्यानलबाट अटो व्यवसायी राजनबाबु श्रेष्ठ, सुनील रिजाल, सुरेन्द्रकुमार उप्रेती (सुरेश), अनुपकुमार बराल, विक्रम सिंघानिया, निलमणि पाठक (राम) प्रकाश कपुरी, मिलनबाबु मल्ल, अभिक ज्योती, पंकज अग्रवाल, निशान ढकाल, वरदान बस्नेत, गंगाराज भट्टराई, राजेन्द्रकुमार अग्रवाल, वर्ण न्यौपाने, गोपाल भट्टराई र देवराज भण्डारीले सदस्यमा उम्मेदवारी दिएका छन् ।

निर्वाचनले एक अध्यक्षसहित १७ सदस्य छनोट गर्नेछ भने निर्वाचित कार्यसमितिको पहिलो बैठकले अन्य केन्द्रीय पदाधिकारीहरु तोक्नेछ ।
अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यमा बुधबार होटल सोल्टीमा नाडाको ४५ औं वार्षिक साधारण सभाको उद्घाटन सम्पन्न गरिएको थियो ।
आयात प्रतिस्थापन गर्न स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनुपर्छ: अर्थमन्त्री











प्रतिक्रिया