
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ ।
दुवै कम्पनीले मंसिर २६ गते आइतबार साधारण सभा र लाभांश प्रयोजनको लागि (बुकक्लोज) गर्ने मिति तोकेका छन् । बुकक्लोज अनुसार बिहीवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
नेरुडेले गत वर्षको नाफाबाट २१.४८ प्रतिशत बोनस र कर प्रयोजनसहित १ दशमलव १३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । रिलायन्स लाइफ इस्योरेन्सले ५.२६ प्रतिशत नगद लाभांश वितण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न नेरुडेले पुस १० गते र रिलायन्स लाइफ इस्योरेन्सले पुस ११ गते साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया