मनकामना स्मार्ट लघुवित्तको चौथो साधारण सभा पुस १९ गते

0
Shares

मनकामना स्मार्ट लघुवित्त (MKLB) को चौथो वार्षिक साधारण सभा पुस १९ गते हुने भएको छ ।

लघुवित्त सञ्चालक समितिको मंसिर २४ गते शुक्रबार सम्पन्न
बैठकले पुस १९ गते, दिउँसो २ बजे, होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा साधारण सभा आह्वान गरेको छ ।

सभाले सञ्चालक समिति बैठकले प्रस्ताव गरे अनुरुप गत आर्थिक वर्ष २०७७।७८ को मुनाफबाट शेयरधनीलाई १७ प्रतिशत बराबरले हुन आउने २ करोड ५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्न प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सभाले मनकामना स्मार्ट लघुवित्त र अन्य लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्ने।गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिले अख्तियारी दिने र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक चयन गर्नेछ ।

सभाको अन्य प्रस्तावहरुमा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७।७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु पारित गर्ने, आर्थिक वर्ष २०७८।७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ति र पारिश्रमीक अनुमोदन गर्ने रहेको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस ४ गते आइतबारदेखि १९ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस १ गते बिहीबारसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २६ मंसिर २०७८, आइतबार  ११ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।