छिमेक लघुवित्त (CBBL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्ने मुख्य एजेण्डा सहित पुस २३ गते २० औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनी सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले मकवानपुरको हेटौँडा स्थित होटल सामनामा बिहान ११ बजे सभा बोलाएको हो ।
उक्त साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २७ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव अनुमोदन गर्दैछ ।
त्यस्तै मर्जर तथा प्राप्तीका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि सभामा रहेका छन् ।
लघुवित्तले २० औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ९ गते शुक्रबारदेखि २३ गते शुक्रबारसम्मसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । तोकिएको बुकक्लोजका आधारमा पुस ८ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया