लोकसेवा आयोगद्धारा २८४ जना शाखा अधिकृतको माग

0
Shares

लोक सेवा आयोगले २८४ जना शाखा अधिकृत (राजपत्रांकित तृतीय श्रेणी) का लागि आवेदन आह्वान गरेको छ ।

आयोगले गोरखा पत्रमा बुधबार एक सूचना प्रकासित गर्दै राजपत्रांकित तृतीय श्रेणी न्याय सेवा अप्राविधिक तर्फ खुला र समावेशी कोटामा उक्त संख्यामा शाखा अधिकृत माग गरेको हो ।

आयोगले न्याय सेवा, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवाका लागि आवेदन खुला गरेको जनाएको छ ।

उक्त पदका लागि इच्छुक तथा याग्यता पुगेका नेपाली नागरीकले पुस २० गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी पुस २७ गतेसम्म पनि दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने आयोगले जनाएको छ । दरखास्त फारम ाअनलाइनबाट दिने सकिने छ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ मंसिर २०७८, बुधबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।