खानी खोला हाइड्रोपावर कम्पनी (KKHC) ले पुस ३० गते एकैदिन तीन आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७५।७६, २०७६।७७ र २०७७।७८ को सभा एकैपटक बोलाएको हो ।
सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजेदेखि भर्चुअल माध्यमबाट सूरु हुनेछ । साधारण सभामा कम्पनीले लाभांश सम्बन्धी कुनैपनि प्रस्ताव गरेको छैन ।
सभाले ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्ने एजेण्डा छ ।
यसैगरी सभाबाटै संस्थापक समूह र सर्वसाधारण समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिकाे निर्वाचन गर्नेछ । यस्तै आर्थिक वर्ष २०७८।७९ को लागि लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीले साधारण सभाका लागि पुस ९ गते शुक्रबारदेखि ३० गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार पुस ८ गते बिहीबरसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया