सेयर बजार आज नखुल्ने

0
Shares

सेयर बजार आज (पुस ४ गते आइतबार) बन्द रहेको छ । सरकारले आइतबार उपत्यकामा सार्वजनिक विदा दिएसँगै सेयर बजारमा कारोबार पनि बन्द भएको हो ।

सरकारको विदा दिने निर्णयसँगै अब पुस ५ गते सोमबार मात्र सेयर बजार खुला हुनेछ ।

नेपाल स्टक एक्सचेञ्जको कार्यालय उपत्यकामा रहेकाले सरकारले उपत्यकामा सार्वजनिक विदा दिएका दिनहरुमा नेप्से बन्द रहँदै आएको छ । देश विकेन्द्रीकृत भएपनि नेप्सेको कार्यालय केन्द्रमै भएकाले उपत्यका विदाका दिनहरुमा सेयर बजारमा कारोबार पनि बन्द हुने गरेको छ ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार उपत्यकामा सार्वजनिक विदा र देशभरका अन्य सम्बन्धित समुदायका लागि विदा दिने निर्णय भएको जनाएको छ ।

पुस १ गते सम्पन्न सरकार मन्त्रिपरिषद्को निर्णयानुसार सार्वजनिक विदा दिइएको सूचनामा उल्लेख छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७८, आइतबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।