रिलायन्स फाइनान्सको लाभांश ५० प्रतिशतले बढ्यो

0
Shares

रिलायन्स फाइनान्स लिमिटेड (RLFL) ले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट सेयरधनीलाई ५० प्रतिशत बोनस बढाएर लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको पुस २ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनी सचिव युज कुमार भैलले नोटबजारलाई जानकारी दिए ।

फाइनान्सको सञ्चालक समितिको बैठकबाट प्रस्तावित उक्त लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात मात्र लगानीकर्तामा वितरण हुनेछ ।

गत आवबाट प्रस्तावित लाभांश अघिल्लो आवको तुलनामा ५.२६ प्रतिशत धेरै हो । फाइनान्सले अघिल्लो अघिल्लो आर्थिक वर्ष २०७६।७७ बाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तो छ विगतको लाभांश इतिहासः-

S.N. Fiscal Year Bonus Dividend(%) Cash Dividend(%) Total Dividend(%)
1 2076/2077 10.00 0.53 10.53
2 2075/2076 0.00 6.58 6.58
3 2074/2075 0.00 2.63 2.63
4 2073/2074 12.00 0.63 12.63
5 2072/2073 15.00 0.79 15.79
6 2071/207 20.00 1.05 21.05

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७८, आइतबार  १३ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।