बोटलर्स नेपाल तराई र बालाजु दुबैका लगानीकर्ताले लाभांश नपाउनेः लाभांश बिनै बोलाए एजिएम

0
Shares

बोटलर्स नेपाल बालाजु र तराई दुबै कम्पनीका सेयरधनीले गत आर्थिक वर्ष २०७७।७८ बाट लाभांश नपाउने भएका छन् । दुबै कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।

कम्पनीले गत आवमा अपेक्षाकृत नाफा आर्जन गर्न नसकेपछि लाभांश वितरण नगर्ने भएको हो । दुबै कम्पनीले लाभांश बिना नै पुस २८ गते बुधबार साधारण सभा आह्वान गरेका छन् ।

बोटलर्स नेपाल लिमिटेड तराईले पुस २८ गते बिहान ११ बजे होटल ¥याडिसन लाजिम्पाट काठमाडौंमा ३५ औं साधारण सभा र बोटलर्स नेपाल लिमिटेड (बालाजु) ले सोही दिन बेलुका ४ बजे होटल ¥याडिसन लाजिम्पाट, काठमाडौमै ४३ औं वार्षिक साधारण सभा बोलाएको छ ।

बिएनटीको सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८÷७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी बिएनएलको सभाले आव २०७७।७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा स्वतन्त्र एक जना र सर्वसाधारणको प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाले आव २०७८।७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि दुबै कम्पनीले पुस २१ गते देखि २८ गतेसम्म शेयरधनीदर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने जनाएका छन् । यसअनुसार पुस २० गते मंगलबारसम्म नेप्सेमा सेयर कारोबार भई सेयरधनी कायम रहने लगानीकर्ताले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ पुस २०७८, आइतबार  १९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।