नेप्से प्रि-ओपनिङ्गमा १४ अंकले बढ्यो

0
Shares

सोमबार प्रि ओपनिङ्ग सेसनमा नै नेप्से १४.०६ अंकले बढेको छ । कारोबारमा आएका अधिकांश कम्पनीको सेयरमूल्य बढेपछि नेप्सेमा दोहोरो अंकको वृद्धि आएको हो ।

यस अवधिमा नेप्से १४.०६ अंकले बढेर २३९०.८१ बिन्दुमा पुगेको छ ।

कुल कारोबारमा आएका २० कम्पनीमध्ये १७ कम्पनीको सेयरको भाउ बढेको छ भने २ कम्पनीको मात्र घटेको छ । एक कम्पनीको मूल्य स्थीर छ ।

यस अवधिमा २० कम्पनीका २ हजार ९०८ कित्ता सेयर ४६ वटा कारोबारबाट १२ लाख १७ हजार ५१० रुपैयाँमा खरीद बिक्री भएका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ५ पुस २०७८, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।