
सुनको मूल्यमा सोमबार सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलामा २०० रुपैयाँले वृद्धि भएको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ८०० रुपैयाँ, तेजावी सुनको भाउ ९३ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २४५ रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँ, तेजावी सुन ९३ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएपनि चाँदी स्थीर रहेको महासंघले जनाएको छ ।
महासङ्घले अन्तरर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतार चढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८०३ डलर आसपासमा कारोबार भइरहेको छ । यस्तै चाँदी प्रतिऔंस २२.३७ डलर आसपासमा कारोबार भइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया