
स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) को पुस ६ गते मंगलबार सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेले लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस सेयर समायोजनपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रतिकित्ता १ हजार १०० रुपैयाँ ८४ पैसा मूल्य निर्धारण गरेको छ ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । अब नेप्सेले निर्धारण गरेको समायोजित मूलयलाई आधार मानेर लघुवित्तको सेयर कारोबार खुल्नेछ ।
अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो दिन लघुवित्तको सेयर प्रतिकित्ता १ हजार ३१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
लाभांश प्रस्ताव पारित गर्न लघुवित्तले पुस १५ गते बिहीबार, एलिस रिसेप्सन, गैरिधारा, काठमाडौँमा बिहान ११ बजे २० औं वार्षिक साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया