ग्रामीण विकास लघुवित्तको अध्यक्षमा धन बहादुर बरुवाल

0
Shares

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था (GBLBS) को अध्यक्षमा धन बहादुर बरुवाल चयन भएका छन् ।

लघुवित्त कम्पनीको पुस ४ गते सम्पन्न सञ्चालक समितिको निर्णय अनुसार नेपाल सरकार अर्थ मन्त्रालयबाट सञ्चालकमा प्रतिनिधित्व गरेका बरुवाललाई अध्यक्षमा चयन गरेको निमित्त प्रमुख कार्यकारी अधिकृत सदानन्द शाहले जानकारी दिए ।

लघुवित्तमा संस्थापक शेयरधनी नेपाल राष्ट्र बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समेत परिवर्तन भएको छ । यसअघि केन्द्रीय बैंकका निर्देशक सुदिप फुयालले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टामा निर्देशक रञ्जना पौडेल पण्डीतलाई मंसिर २२ गते देखि लागू हुनेगरी सञ्चालक मनोनयन गरिएको हो ।

अन्य सञ्चालकमा नेपाल बैंक लिमिटेडको तर्फबाट संस्थापक प्रतिनिधि लेखनाथ भुषाल, फ्यूचर स्टार डिजाइन एण्ड डेभलपर्स प्रालिको तर्फबाट संस्थापक प्रतिनिधि शिवहरी दंगाल रहेका छन् ।

यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट भरतराज कोइराला र मनोज कुमार खड्का सञ्चालक रहेका छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १२ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।