सांग्रिला डेभलपमेन्ट बैंकको बोनस नेप्सेमा सूचीकृत

0
Shares

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) को २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता बोनस सेयर नेप्सेमा सोमबार सूचीकृत भएको छ ।

गत कार्तिक १६ गते मंगलबार, लैनचौर ब्यांक्वेट, लैनचौर, काठमाडौँमा सम्पन्न भएको बैंकको १७ औं वार्षिक साधारण सभाले पारित गरे बमोजिम चुक्ता पूँजीको १० प्रतिशत बोनस बापतको २७ लाख ३६ हजार ९७२ दशमलव ४२ कित्ता सेयर सोमबार नेप्सेमा सूचीकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको असोज १९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले कार्तिक ५ गतेदेखि कार्तिक १६ गतेसम्म बुकक्लोज गरेको थियो । यसअनुसार कार्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीले मात्र लाभांश प्राप्त गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ पुस २०७८, मंगलबार  १२ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।