हिमालयन डिष्टिलरीको बम्पर लाभांश प्रस्ताव

0
Shares

हिमालयन डिष्टिलरी (HDL) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई बम्पर लाभांश प्रस्ताव गरेको छ ।

पुस ६ गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ७५ प्रतिशत बोनस सेयर र कर सहित २५ प्रतिशत नगद लाभांश गरी १०० प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।

साथै कम्पनीले लाभांश पारित गर्न पुस २८ गते बुधबार रजिष्टर्ड कार्यलय वीरगन्ज पर्सामासाधारण सभा आह्वान गरेको छ ।

सभाका लागि कम्पनीले पुस १६ गते शुक्रबार बुकक्लोज मिति तोकेको छ ।

बुकक्लोज मिति अनुसार पुस १५ गते बिहीबरसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने लगानीकर्ता मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ पुस २०७८, बुधबार  ०८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।