नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले धितोपत्र दलाल नम्बर ४० क्रियटिभ सेक्युरिटिजलाई सेवा स्तरोन्नती गर्न निर्देशन दिएको छ ।
उक्त ब्रोकरको शाखा कार्यालय बनेपाले लगानीकर्तालाई अत्यन्त चिसो, अध्याँरो तथा व्यवस्थित ठाउँमा लगानीकर्तालाई बसालेर सेवा दिएको भन्दै ३० दिनभित्र प्रचलित कानूनमा तोकिए बमोजिम स्तरोन्नती गर्न नेप्सेले निर्देशन दिएको हो ।
नेप्सेले आज एक सूचना प्रकाशन गर्दै क्रियटिभ सेक्युरिटिजको बनेपास्थित शाखा कार्यालयमा गई स्थलगत निरीक्षण गर्दा यस सदस्य दलालको शाखा कार्यालय अत्यन्त चिसो, अध्याँरो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको हुँदा पूर्वाधार तीस (३०) कार्य दिनभित्र प्रचलित कानूनमा तोकिए बमोजिम स्तरोन्नती गरी जानकारी गराउन निर्देशन दिएको हो ।
नेप्सेले तोकिएको समयावधी भित्र दिईएको निर्देशन पालना नगरेमा आवश्यक कारवाही गरिने समेत जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया