एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले पुस २९ गते ९ औं वार्षिक साधारण सभा डाकेको छ ।
गत आवको नाफाबाट प्रस्तावित लाभांश पारित सहित अन्य एजेण्डा उपर छलफल गरी पारित गर्न कम्पनीले बिहान ११ बजे आम्रपाली ब्यान्क्वेट, काठमाडौंबाट भच्युअल माध्यमबाट ९ औं वार्षिक साधारण सभा सम्पन्न गरिने जनाएको छ ।
कम्पनीले ९ औं वार्षिक साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ ।
सभाले जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि सञ्चालक समितिलाई अख्तियारी दिने र दुई जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव समेत अनुमोदन गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १५ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने जनाएको छ । बुकक्लोज अनुसार पुस १४ गतेसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा प्रतिनिधित्व गर्न र लाभांश पाउनेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया