सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो, यस्तो छ आजको बजार भाउ

0
Shares

बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ९२ हजार ८०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार २६० रुपैयाँ कायम गरिएको छ ।

बुधबार छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ, तेजावी सुन ९२ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७८, बिहिबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।