एक दर्जन भन्सारको निर्यात शून्य, वीरगन्जको वैदेशिक व्यापार उच्च

0
Shares

देशभर सञ्चालनमा रहेका दुई दर्जन मध्ये एघार भन्सार नाकाबाट निर्यात नै नहुने गरेको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पाँच महिनाको तथ्यांक अनुसार एघार भन्सार नाकाबाट यसअवधिमा कुनै पनि वस्तु निर्यात नभएको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को ५ महिनाको अवधिमा भद्रपुर, गउर, जनकपुर, महेशपुर, राजविराज, रसुवा, सर्लाही, सिरहा, सुनसरी, तातोपानी र थाडी भन्सारबाट भने शुन्य रहेको छ ।

तर यी नाकाहरुबाट यसअवधिमा आयात भने भएको छ । विभागका अनुसार यस अवधिमा भद्रपुर भन्सार नाकाबाट ६१ करोड ३० लाख १० हजार रुपयाँ बराबरको सामान आयात भएको छ । यसैगरी गउर नाकाबाट ६९ करोड ९ लाख ३३ हजार, जनकपुर नाकाबाट ५६ करोड ३३ लाख ७७ हजार, महेशपुर नाकाबाट ५० करोड २३ लाख ८० हजार, राजविराज नाकाबाट ७ करोड ५१ लाख ११ हजार रुपैयाँ बराबरको सामान आयत भएको छ ।

त्यसैगरी यस अवधिमा रसुवा नाकाबाट १३ अर्ब ४३ करोड २८ लाख ५१ हजार, सर्लाही नाकाबाट १ अर्ब ७८ करोड ६३ लाख ३ हजार, सिराह नाकाबाट २७ करोड ३६ लाख ३० हजार, सुनसरी भन्सार नाकाबाट २ अर्ब ३१ करोड २४ लाख ४१ हजार, तातोपानी नाकाबाट ५ अर्ब १९ करोड ८१ लख ८० हजार र थाडी भन्सार नाकाबाट भने ६ करोड ७० लाख ३१ हजार रुपयाँ बराबरको सामान आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८र७९ मा पछिल्लो ५ महिनामा कूल ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख ४२ हजार रुपयाँ बराबरको आयात भएको छ भने १ खर्ब २ अर्ब ९२ करोड ५ लाख ७२ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

वैदेशिक व्यापार उच्च हुनेमा वीरगन्ज अगाडि

सञ्चालनमा रहेका २४ भन्सार नाकामध्ये वीरगन्ज भन्सार नाका वैदेशिक व्यापारमा सबैभन्दा अगाडि देखिएको छ । यो नाकाबाट चालु आर्थिक वर्ष २०७८/७९ को पाँच महिनाको अवधिमा २ खर्ब ९० अर्ब २ करोड ८८ लाख ७० हजार रुपयाँ बराबरको सामान आयात भएको छ । यो कुल आयातको ३४.५९ प्रतिशत हुन आउछ । यो नाकाबाट ४९ अर्ब ४१ कारोड ३० लाख ९८ हजार रुपयाँ बराबरको सामान निर्यात भएको छ । यो कुल निर्यातको ४८.०१ प्रतिशत हुन आउँछ ।

यसैगरी वीरगन्ज पछि भैरहवा उच्च व्यापार गर्नेमा दास्रो स्थानमा रहेको छ । भैरहवा भन्सारबाट यसअवधिमा १ खर्ब ३६ अर्ब ५२ करोड ३२ लाख २७ हजार रुपयाँ बराबरको सामान आयात भएको छ । जुन कुल आयतको १६.२८ प्रतिशत रहेको छ । त्यस्तै ३ अर्ब ३० करोड २२ लाख ७८ हजार रुपयाँ सामानहरु निर्यात भएको छ भने यसको कुल निर्यात ३.२१ प्रतिशत हुन आउँछ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार तेस्रो स्थानमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थाल रहेको यहाँबाट १ खर्ब ५ अर्ब ७ करोड ७९ लाख ७४ हजार रुपयाँ सामानहरु आयात भएको छ । यो कुल आयतको १२.५३ प्रतिशत हुन आउछ भने १४ अर्ब ४१ करोड ७४ लाख ६२ हजार रुपयाँ बराबरको सामानहरु निर्यात भएको छ । जुन कुल निर्यातको १४.०१ प्रतिशत हुन्छ ।

त्यसैगरी यसअवधिमा बिराटनगर भन्सारबाट ९८ अर्ब ५४ करोड २६ लाख ३२ हजार रुपयाँ बराबरको सामानहरु आयत भएको छ भने २ अर्ब ८५ करोड ६६ लाख २५ हजार रुपयाँ बराबरको सामान निर्यात भएको छ । वीरगन्ज ड्राइपोटबाट ९१ अर्ब ३० करोड ५० लाख ७४ हजार रुपयाँ बराबरको सामान आयात हुँदा १ अर्ब ४६ करोड २० लाख ४७ हजार बराबरको निर्यात भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।