पछिल्लो चार दिनमा सेयर बजार परिसूचक नेप्से २३२ अंक बढीले उकालो लागेको छ । सरकारले वित्तीय प्रणालीमा तरलता बढाउने उपायहरु सार्वजनिक गरेयता निरन्तर बढ्न थालेको नेप्से आइतबार मात्रै ७१.२० अंकले उक्लिएको हो ।

बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पाँच महिना अर्थात मंसिरसम्ममा गरेको व्यवसाय सम्बन्धीका विवरणहरु सार्वजनिक भएपछि लगानीकर्ता ध्यान बीमा कम्पनीहरुतर्फ मोडिएको छ । साथै बीमा कम्पनीहरुको लाभांश घोषणाको क्रम सुरु भएकाले पनि लगानीकर्ताको रोजाईमा बीमा कम्पनीहरु परेका हुन ।
बीमा कम्पनीको बीमाशुल्क १९ प्रतिशतले बढ्योः ७३ अर्ब २२ करोड आर्जन
जीवन बीमकको व्यवसायः पाँच कम्पनीले २ अर्ब बढी बीमाशुल्क संकलन गर्दा तीनकाे १ अर्बभन्दा कम
निर्जीवन बीमकको पाँच महिनाकाे व्यवसायः शिखर शीर्ष स्थानमा रहँदा सानिमा जनरल पुछारमा
अधिकांस वाणिज्य बैंकहरुले घोषित लाभांशका लागि साधारण सभा आह्वान गरेको, कतिपयको सम्पन्न भइसकेको र कतिपयले बुक क्लोज समेत गरेकाले लाभांश बाँकी रहेका बीमा कम्पनीहरुतर्फ सिफ्ट भएका हुन। जसले गर्दा आइतबारको बजारमा बीमा कम्पनीहरुको सेयरको उच्च माग हुँदा अधिकांस कम्पनीको सेयरमूल्य समेत उच्चदरले बढेको छ । साथै बीमा कम्पनीहरुको पूँजी बढाउने हल्लाले पनि यी कम्पनीहरुको माग बढेको हो ।
आइतबार नेप्से सूचक बिहीबार नेप्से सूचक ७१.२० अंकले बढेर २५९१.४२ विन्दुमा उक्लिएको छ । यसदिन बजारमा २३१ कम्पनीका ८३ लाख १ हजार ९५६ कित्ता ५ अर्ब १७ करोड ३२ लाख बढीको सेयर किनबेच भएको छ । गत बिहीबार ४ अर्ब ५९ करोड बराबरको सेयर खरीद बिक्री भएको थियो ।
आइतबार जलविद्युत र वित्त बोहक सबै समूहका सूचक बढेका छन । सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको सूचक ९.७८ प्रतिशले बढेको छ । निर्जीवन बीमा कम्पनीको सूचक पनि ८ प्रतिशत बढीले उकालो लागेको छ ।
नेशनल लाइफ,युनाइटेड इन्स्योरेन्स, एभरेष्ट इन्योरेन्स, प्रिमियर इन्स्योरेन्स, गुराँस लाइफ, एशियन लाइफ, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्योरेन्स, प्राइम लाइफ लगायत डेढ दर्जन कम्पनीको सेयर भाउ दश प्रतिशतका दरले बढेको छ । गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशतले घटेको छ । नबिल बैंकको सबैभन्दा धेरै ३२ करोड बराबरको सेयर किनबेच भयो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया