चिलिमे, मञ्जुश्री, समीट र इन्फिनीटीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

0
Shares

चिलिमे जलविद्युत् कम्पनी, मञ्जुश्री फाईनान्स, समिट लघुवित्त वित्तीय संस्था र इन्फिनीटी लघुवित्त वित्तीय संस्थाकोे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

यी चारवटै कम्पनीको आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले ती कम्पनीको लाभांश पाउनेछन् ।

साधारण सभा तथा लाभांश प्रयोजनार्थ सबै कम्पनीले पुस १५ गते बिहीबार बुकक्लोज गर्ने मिति तोकेका छन् । बुकक्लोज अनुसार पुस १४ गतेसम्म नेप्सेमा कायम भएका सेयरधनीहरुले लाभांश तथा सधारण सभामा भाग लिन योग्य हुनेछन् ।

चिलिमेले चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न चिलिमेले पुस २३ गते शुक्रबार २५ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

यसैगरी मञ्जुश्रीले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ६ प्रतिशत नगद लाभांश गरी कूल ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले १४ औं वार्षिक साधारण सभा पुस २९ गते गते काठमाडौंस्थित नयाँबानेश्वर भवनमा बिहान ११ बजे बोलाएको छ ।

समीटले चुक्ता पूँजीको २५.८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न लघुवित्त कम्पनीले पुस २४ गते साधारण सभा आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजे बोलाएको छ । को सभाले हाल कायम पारित गर्नेछ ।

यस्तै इन्फिनीटीले चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: १४ पुस २०७८, बुधबार  ०८ : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।