नेपाल चेम्बर अफ कमर्सको ७० औं वार्षिकोत्सवको अवसरमा प्रकाशित ५ रुपैयाँ दरको हुलाक टिकटको प्रथम दिवशीय आवरणमा टाँचा प्रदान गरिएको छ । चेम्बर भवनमा शुक्रबार आयोजित उक्त कार्यक्रममा माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र वहादुर कार्कीबाट प्रथम दिवशीय टाँचा प्रदान गरेका हुन् ।
चेम्बर अध्यक्ष मल्लले मुलुकको आर्थिक क्षेत्रमा चेम्बरले ७० वर्ष देखि प्रदान गरेको योगदानलाई कदर गर्दै संस्मरणान्मक हुलाक टिकट प्रकाशन गरी दिएकोमा संचार तथा सूचना प्रबिधि मन्त्रालयलाइ आभार प्रकट गरे ।
आफ्नो स्वागत मन्तव्यमा अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स. २००७ सालमा भएको र सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठनको रूपमा रहेको नेपाल चेम्वर अफ कमर्स नेपाली व्यावसायीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी घरेलु तथा विश्व बजारमा नेपाली व्यापार क्षेत्रको दिगो विकास गर्ने कार्यमा क्रियाशील रहेको बताए ।
नेपाल चेम्बर अफ कमर्स “चेम्बर अभियान” लाई विस्तार गर्न र व्यावसायिक क्षेत्रको सशक्तीकरणका लागि प्रतिबद्ध रहेको बताउनु हुंदै निजी र सरकारी क्षेत्र बीच समन्वयकारी भूमिका निर्वाहमा चेम्वरको अहम भूमिका रहेको उनको भनाई थियो ।
प्रमूख अतिथि माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले प्रजातन्त्र वहाली पश्चात ७ दशक अघि नै मुलुकमा सुशासन मार्फत राज्यले आर्थिक समृद्धिको लक्ष लिएको र सो उद्धेश्य हासिल गर्न सबैको लक्ष्य समान रहेको बताए । उनले सबै एक जुट भएर लागेको खण्डमा आर्थिक समृद्धि हासिल गर्न धेरै समय नलाग्ने बताउँदै आगामी दिनमा चेम्वरको सफलताको कामना समेत गरेका थिए ।
सो अवसरमा बिशिष्ट अतिथि सञ्चार तथा सूचना प्रबिधि सचिव डा.वैकुण्ठ अर्यालले हुलाक टिकटले नेपाल चेम्वर अफ कमर्सको पहिचान सहित चेम्वर अभियानलाई विश्वव्यापी बनाउन मद्धत पुग्ने बताउँदै आगामी दिनमा चेम्वरले आफ्नो लक्ष्य हासिल गर्न सफलताको कामना गरे ।
उक्त अवसरमा हुलाक सेवा विभागका महानिर्देशक इन्दु घिमिरे, चेम्वरका पूर्व अध्यक्ष द्धय महेश अग्रवाल तथा सुरेन्द्रवीर मालाकारको पनि उपस्थित थियो ।











प्रतिक्रिया