नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंक र रिलायन्स फाइनान्सको बोनस समायेजन गरी नयाँ सेयरमूल्य निर्धारण गरेको छ । सोमबार कारोबार भएको अन्तिम मूल्यमा सम्बन्धीत कम्पनीको प्रस्तावित बोनस समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो ।
नेप्सेले सिभिल बैंकको ५ प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता २४५.७१ रुपैयाँ र रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ४५२.१७ रुपैयाँ निर्धारण गरेको छ ।
सोमबार सिभिल बैंकको सेयर प्रतिकित्ता २५८ रुपैयाँ र रिलायन्स फाइनान्सको ५२० रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
पुस २० गते मंगलबार बुकक्लोज तोकेका दुबै कम्पनीको सोमबार लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको थियो । यसअनुसार पुस १९ गते सोमबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाउुको साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
सिभिल बैंकले गत आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०।२६ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यसैगरी रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट चुक्ता पूँजी ९१ करोड ५६ लाख रुपैयाँको १५ प्रतिशतले हुन आउने १३ करोड ७३ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०।७९ प्रतिशतले हुन आउने ७२ लाख २८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेप्रस्ताव गरेको छ ।
सिभिल बैंकले लाभांश र मर्जर तथा प्राप्ती प्रस्ताव पारित गर्न प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
यस्तै फाइनान्सले पुस ३० गते, आफ्नो केन्द्रीय कार्यालय, प्रर्दशनीमार्गमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ । सभाले लाभांश प्रस्तावका साथै अन्य बैंक तथा तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन सम्बन्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया