अंग्रेजी नयाँ वर्षपछिअघि एक र पछिको तीन कारोबार दिनमा १६० अंकले बढेको सेयर बजार सूचकमा बुधबार ३०.७५ अंकको गिरावट आएको छ ।
अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गर्दा बजार दबाबमा परेको हो ।
पछिल्लो चार दिनमा नेप्से ६.२५ प्रतिशतले बढ्दा कतिपय कम्पनीको सेयरमा दश प्रतिशतभन्दा धेरै नाफा हुने देखिपछि अल्पकालीन लगानीकर्ताहरु नाफा सुरक्षित गर्नतर्फ लाग्दा त्यसको असर बजारमा परेको हो । संस्थागत र दीर्घकालीन लगानीकर्ता थोरै रहेको नेपालको बजारमा दुई चार रुपैयाँ नाफा हुने वित्तिकै सेयर बिक्री गर्ने प्रवृत्तिले नेपाली सेयर बजार प्रभावित भएको हो ।
स्टकका अनुसार सोमबार नेप्से ३०.७५ अंकले घटेर २६४९.२० बिन्दुमा झरेको छ । नेप्से १.१५ प्रतिशतले घट्दा ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि १.३३ प्रतिशत (६.६८ अंक) ले घटेर ४९७.०३ बिन्दुमा झरेको छ ।
यसदिन २३६ कम्पनीका ९५ लाख ५९ हजार ४२९ कित्ता सेयर ५८ हजार ५७२ वटा संख्यामा खरीद बिक्री हुँदा कारोबार रकम ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँ कायम भएको छ ।
कारोबारमा आएका १३ उपसमुहगत सूचक मध्ये जलविद्युत र वित्त बाहेकका सबै सूचक घटेका छन् । होटलमा सर्वाधिक २.२१ प्रतिशतको गिरावट आउँदा लघुवित्त, बैंकिङ्ग, ब्यापार, विकास बैंक, निर्जीवन बीमा, र लगानी सूचक १ प्रतिशत बढीले घटेको हो ।
बुधबार कारोबारका आधारमा शिवम् सिमेन्ट अब्बल साबित भएको छ । सिमेन्टस्को सर्वाधिक १८.७२ करोडको सेयर खरीद बिक्री भएको छ । अपि पावर १६.७४ करोड, अपर तामाकोशी १४.३५ करोड, अरुण भ्याली ११.०७ करोड, एचआईडिसिएलको १०.६५ करोड र हिमालयन डिष्टिलरीको १०.१४ करोडको सेयर खरीद बिक्री भएको छ । नेशनल हाइड्रोपावर, नबिल बैंक, नेपाल टेलिकम र नेपाल बंगलादेश बैंक शीर्ष दश ठूलो कारोबार हुने कम्पनीमा अटाएका छन् । दशौं ठूलो कारोबार भएको ७.७५ करोडको सेयर कारोबार भएको छ ।
.jpg)
आज मध्य भोटेकोशी जलविद्युतको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयरमूल्य ९.९६ प्रतिशतले बढेर २१४.२० रुपैयाँ पुगेको छ ।
यसैगरी छ्याङ्दी हाइड्रोपवार, तेह्रथुम पावरको पाँच प्रतिशतभन्दा बढी तथा जनउत्थान सामुदायिक लघुवित्त, विशाल बजार कम्पनीको ४ प्रतिशत, मैलुङ्गखोला जलविद्युत, युनाइटेड इदिमर्दी, समृद्धि फाइनान्स, लिवर्टी इनर्जी र रुरु जलविद्युत आयोजनाको सेयरमूल्य बढेको छ । यसदिन सेयरमूल्य बढ्ने शीर्ष दश कम्पनीमा ७ जलविद्युत समुहका कम्पनी रहेका छन् ।
उता विजय लघुवित्त, फस्ट माइक्रोफाइनान्स, किसान लघुवित्त र सिभिल लघुवित्तको सेयरमूल्यमा ४ प्रतिशत धेरैले गिरावट आएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, सर्पोट लघुवित्त, गणपति माइक्रोफाइनान्स, लक्ष्मी इक्वीटी फण्ड र आरएसडिसी लघुवित्तको सेयरमूल्य पनि साढे तीन प्रतिशतले घटेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया