
छिमेक लघुवित्त वित्तीय संस्थाको शुक्रबार सम्पन्न २० औं साधारण सभाले ५५ करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव अनुमादन गरेको छ ।
होटल सामना प्रालि मकवानपुर, हेटौंडामा शुक्रबार सम्पन्न भएको २०औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको २७ प्रतिशतले हुन आउने ४९ करोड ४१ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ प्रतिशतले हुन आउने पाँच करोड ४९ लाख रुपैयाँ नगद लाभांश कर सहित कुल ३० प्रतिशत (५४ करोड ९० लाख रुपैयाँ) लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ७ गतेदेखि २३ गतेसम्म बुकक्लोज गरेको थियो । यस आधारमा पुस ६ गते मंगलबारसम्म कायम सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् । बोनस वितरण् पछि लघुवित्तको चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख पुगेको छ ।
साथै सो सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालकमा ऋषिराज जोशीलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ । कम्पनीले हालसम्ममा ६८ ओटा जिल्लामा १९२ ओटा शाखा मार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया