
कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड (CORBL) को १५० प्रतिशत हकप्रद सेयरमा सेयरमूल्य समायोजन भएको छ ।
बैंकले माघ ७ गतेदेखि बिक्री गर्नका लागेको चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिनका लागि सोमबार बुकक्लोज तोकेको थियो । आइतबार कारोबार समयपछि नेप्सेले हकप्रद समायोजनपछि प्रतिकित्ता सेयरमूल्य ४५४.८० रुपैयाँ तोकेको छ । आइतबार बैंकको सेयर प्रतिकित्ता ९८७ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
धितोपत्रको दोस्रो बजारमा सोमबार समायोजित सेयरमूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्नेछ । समायोजित सेयरमूल्यपछि सेयर खरी दगर्नेले हकप्रदमा आवेदिन पाउँदैनन् । पुस २५ गते आइतबारसम्म सेयर खरीद गरी एक साताभित्र सेयर लगतमा कायम हुन आउने सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछ ।
बैंकले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १.५ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद जारी गर्नेछ ।
हकप्रदमा मेरो सेयरको मोबाइल एप तथा वेवसाइटका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंकका शाखाकार्यालयहरु मर्फत आवेदन गर्न सक्नेछन् । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकको हकप्रदमा आवेदन दिने अन्तिम दिन माघ २७ गते रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्ग नेपालले बैंकलाई केयरएनपी बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।
हाल २० करोड रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ५० करोड रुपैयाँ पुग्नेछ ।










प्रतिक्रिया