हिमालयन डिस्टिलरीको शतप्रतिशत लाभांश अनुमोदन

0
Shares

हिमालयन डिस्टिलरी लिमिटेड (HDL) को २१ औं सधारण सभाले गत बर्षको नाफबाट प्रस्तावित शतप्रतिशत लाभांश अनुमाेदन गरेको छ ।

बुधबार वीरगञ्जमा सम्पन्न भएको साधारण सभाले चुक्ता पूँजी ८६ करोड ७७ लाख रुपैयाँको ७५ प्रतिशत बोनस सेयर (६५ करोड ७ लाख रुपैयाँ) र २५ प्रतिशत (कर प्रयोजनसहित) बराबरको २१ करोड ६९ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

सभाले कम्पनी सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुमोदन गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २९ पुस २०७८, बिहिबार  १० : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।