विशाल बजार कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त


विशाल बजार कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो ।

सम्झौतामा विशाल बजार कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक गगन बहादुर बि.के. र प्रभु क्यापिटलको तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनी लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।