
कोरोना संक्राणको बढ्दो असरलाई रोक्न भन्दै सरकारले उपत्यकाका सार्वजनिक स्थानमा २५ जना भन्दा बढी जम्मा हुन रोक लगाएको छ तर शुक्रबार माघे संक्रान्तिको सपिङ्गका लागि राजधानीका मुख्य बजारमा भने कोरोनाको कुनै प्रवाह नगरी थामी नसक्नुका भीडभाड बढेको छ ।
काठमाण्डाैंको भित्री बजार असन, न्यूरोड, सुन्धारा, विशाल बजार, ठमेल लगायत ठाउँहरुमा माघे संक्रान्तिका लागि विभिन्न वस्तु खरिद गर्ने उपभोक्ताको भीडभाड बढेको छ । माघ १ गते अर्थात भोली मनाईने माघे संक्रान्तिको लागि घ्यु, चाकु, तिलौरी, तरुल, सखरखण्डा, पिँडालु जस्ता समानहरु किन्न मानिसहरुको घुईचो नै लागेको हो ।
पुसमा मसान्तमा पाकेका परिकार भोलि अर्थात माघ १ गते खाएर संक्रान्ति मनाइने गरिन्छ । त्यसैले यस पर्वलाई “पुसमा पाक्य, माघमा खाक्य” पनि भन्ने गरिन्छ । पर्व अनुसारको सरसामान बिक्रीबाट छोटो समयमा राम्रो आम्दानी हुने गरेको व्यवसायीहरुले बताएका छन् ।
आज सबेरै देखि माघे संक्रान्तिका विभिन्न खाद्य वस्तुका खरीदका लागि पसलहरुमा उपभोक्ताको भीड सुरु भइसकेका थिए । तिलका लड्डु, तरुल तथा अलुवा, चाकु, भुजाको लड्डु लगायत विभिन्न सामाग्री किन्न असन लगायतका राजधानीका मुख्य मुख्य बजारमा भीड लागिसकेको छ ।

लड्डु, तरुल तथा चाकुको मूल्य
व्यापारीहरुका अनुसार माघे संक्रान्तिको लागि चाहिने वस्तुहरुको व्यापार तीन चार दिन अघिबाट बढ्ने गरेको छ ।
काठमाण्डौंको भित्री बजार न्यूरोडमा तरुल तथा अलुवा बिक्री गरिरहेका सिताराम श्रेष्ठका अनुसार बजारमा पातले तरुल, तराइको तरुल, वन तरुल, हात्तिपाइले र सिमल तरुल पाइन्छ । जसको मूल्य नाम जस्तै फरक फरक छ ।
यो वर्षको संक्रान्ति उपत्यकामा मनाउनेहरुका लागि पालते तरुल प्रतिकिलो १८० रुपैयाँ, तराइको तरुल १२०, वन तरुल १८० रुपैयाँ र हात्तिपाइले र सिमल तरुल खरी गर्नका लागि प्रतिकिलो १०० रुपैयाँ मूल्य खर्चनु पर्ने गरेको छ । अलुवा १०० रुपैयाँमा डेढ किलोका दरले बिक्री भइरहेको छ ।

यस्तै तिलको लड्डु न्यूनतम ४० रुपैयाँ देखि २०० रुपैयाँसम्म, तिलको सेतो लड्डु प्रति प्याकेट रुपैयाँ देखि ७० रुपैयाँसम्म, चाकु ६० देखि १२० रुपैयाँसम्म र भुजाको लड्डु ५० रुपैयाँ प्याकेटसम्म बिक्री वितरण भइरहेको छ । प्याकेटको साइज र लड्डुको साइज अनुसार मूल्य फरक रहेको व्यापारीहरु बताउँछन् । लड्डु बनाउन प्रयोग गरिने सखर प्रतिकिलो १२० रुपैयाँ र खैरो तिल ४०० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
असनको इन्द्रचोकमा विभिन्न लड्डु, चाकु बेच्न बसेकी लक्ष्मी लामा भन्छिन् “व्यापार राम्रै छ । बुधबारबाट राम्रो ब्यापार हुन थालको छ । दिनमा ८ हजार जतिको बिक्री हुन्छ । हिजो पनि त्यस्तै बिक्यो । कारोना बढेपनि यहाँ त सधैँ यस्तै मानिसहरुको चाप हुन्छ, व्यापार पनि हुन्छ ।”

सहरी क्षेत्रमा अधिकांशले रेडिमेट चाकु तथा लड्डु किन्ने गरेका छन् भने कतिले घरमा नै बनाउँछन् । आज पुसको अन्तिम दिन अर्थात भोली माघे संक्रान्ति भएकाले कोरोनाको कुनै प्रवाह नगरि असन-इन्द्रचोक लयातका क्षेत्रमा आज बिहानै देखि नै भीडभाड देखिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया