पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको चौथो, पाँचौं तथा छैठौं गरी ३ वर्षको वार्षिक साधारण सभा साधारण सभा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको सभापतित्वमा पुस २८ गते कुपण्डोल, ललितपुरमा सम्पन्न भएको सभाबाट ४ वर्ष अविधिको लागि प्रतिनिधित्व गर्न ४ जना (१ जना महिला समेत) कम्पनीको सञ्चालक सदस्यहरु निर्वाचित भएका छन् ।
सभाले संस्थापक शेयर धनी समुह–“क” को तर्फबाट प्रेम बहादुर श्रेष्ठ, नितिशा श्रेष्ठ, ध्रुब कुमार श्रेष्ठ र उदिप श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो ।
कम्पनीको सभाले आ.व. २०७५/७६ र आ.व. २०७६/७७ को लेखापरीक्षण एन.ए.आर.एस. एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट नवराज लामिछानेले र आ.व. २०७७/७८ को डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउन्टेन्ट श्री दिपेन्द्र कुमारले तयार पारेको लेखापरीक्षकको प्रतिवेदनहरुलाई सर्वसम्मतीबाट स्वीकृत गरेको छ । साथै कम्पनीको आ.व. २०७८/७९ को लेखापरीक्षण गर्न डि. कुमार एण्ड एसोसियट्सका चार्टर्ड एकाउण्टेन्ट दिपेन्द्र कुमारलाई लेखा परीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीका सञ्चालक ध्रुव कुमार श्रेष्ठले आयोजना सम्पन्न गर्न कम्पनीले भोग्नु परेको समस्या, कम्पनीको आर्थिक स्थिति र सभामा उपस्थित भई सभालाई रचनात्मक सुझावका साथै वार्षिक साधारण सभा सम्पन्न गर्न सहयोग पु¥याएकोमा उपस्थित सबैलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरेका थिए ।
शेयरधनीहरुबाट उठाइएका जिज्ञासा तथा प्रश्नहरुको सम्बन्धमा सञ्ंचालक समितिको तर्फबाट प्रदिप कुमार श्रेष्ठ र टिकाराम निरौलाले प्रष्ट पारेका थिए । सेयरधनीहरु अमिर दास रन्जित, उद्धव प्रसाद घिमिरे, ब्रम्हदेव शाक्य, अर्जुन कुमार ढुङ्गेल, शिवप्रसाद पौडेल, डम्वरु बल्लभ घिमिरे र शत्रुधन श्रेष्ठले आफ्ना अमूल्य राय सुझावहरु दिएका थिए ।
कम्पनीको यस आर्थिक वर्षहरुमा खर्च घटेको र आम्दानी सकारात्मक तिर गएको हुँदा नाफाको सुनिश्चतता गरी शेयरधनीहरुलाई लाभांश वितरण गर्न आग्रह गरिएको थियो ।
कम्पनीको संचालकहरुको निर्वाचन गर्न विश्वजय पुडासैनीलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरिएको थियो । सभामा सनराइज क्यापिटल लिमिटेडबाट विजय लाल श्रेष्ठ र कम्पनी रजिष्ट्रारको कार्यालय, त्रिपुरेश्वरबाट उप–रजिष्ट्रार हरि प्रसाद अधिकारीको समेत उपस्थिति थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।











प्रतिक्रिया