‘याक इलेक्ट्रिक बाइक’ सार्वजनिक

0
Shares

अटोमोटिभ कम्पनी जैष्णवी ग्रुपले नेपाली बजारमा ’याक बाइक्स’ नामक इलेक्ट्रिक बाइक सार्वजनिक गरेको छ । अनेकौँ आकर्षक विशेषता सहितको यो बाइक शनिबार नेपालमा सार्वजनिक गरिएको हो ।

“स्मार्ट सिटी, स्मार्ट राइड” भन्ने नाराका साथ चिनियाँ विद्युतीय दुई पाङ्ग्रे सवारी उत्पादक कम्पनी बेन्ल्गसँगको साझेदारीमा याक बाइकहरू नेपाल भित्राएको हो । अन्य बाइकको तुलनामा यसले निकै कम ऊर्जा खपत गर्छ । यसले नेपालको पर्यावरण मैत्री सवारी बनाउने लक्ष्यमा थप योगदान गर्ने कम्पनीले जनाएको छ । यसले खनिज इन्धन, मुख्यतया पेट्रोलियम उत्पादनहरूको प्रयोग कम गर्न मद्दत गर्दछ ।

‘याक बाइक्स’ नेपाली पूर्वाधार अनुसार निर्माण र डिजाइन गरिएको छ भने वातावरण संरक्षणका साथै इलेक्ट्रोनिक बाइक पारखीहरूको लागि रोजाइको महत्वपूर्ण कारक हुनसक्ने बताए ।

बाइक सार्वजनिक करण समारोहमा जैष्णवी ग्रुपकी अध्यक्ष स्मृति पालिखेले विद्युतीय बाइक नेपाली बजारमा ल्याउने यस पहलले अर्थतन्त्रलाई टेवा पुग्ने मात्र नभई वातावरण संरक्षणमा समेत सहयोग पुग्ने बताइन् । उनले नेपालले अहिले सामना गरिरहेको दुई प्रकारका वातावरणीय चुनौतीहरूप्रति आफ्नो चासो देखाएकी थिइन् ।

प्राकृतिक स्रोत साधनमाथिको दबाबबाट उत्पन्न हुने समस्या र जलवायु परिवर्तनबाट उत्पन्न हुने समस्या जसका लागि वास्तवमा हाम्रो देश जिम्मेवार छैन । उनले भनिन्, “तर भविष्यमा अझ गम्भीर असर नेपालले भोग्नुपर्छ । विकासको दिगोपन अहिले हामीले प्रयोग गरिरहेका वातावरणीय व्यवस्थापन र स्रोतसाधनमा भर पर्छ भन्ने स्पष्ट छ । “त्यसैले आजको श्रोत व्यवस्थापनमा हुने खर्च नै सुरक्षित भविष्यका लागि भरपर्दो लगानी हो भन्ने विश्वासका साथ जैष्णवी ग्रुपले ’याक बाइक्स’ लाई नेपालमा भित्राउने निर्णय गरेको हो ।

सो अवसरमा जैष्णवी ग्रुरुपका सीईओ जोन खड्काले भने, “सरकार र नेपाली जनताले लामो समयदेखि खोज्दै आएको किफायती र दिगोपन प्रदान गर्ने उत्कृष्ट वैकल्पिक समाधान प्रदान गर्न ’याक बाइक्स’ हरू यहाँ ल्याइएको हो । वातावरण मैत्री विद्युतीय सवारीहरूको प्रयोगले अहिले देखापरिरहेका समस्याहरूको समाधान प्रदान गर्दछन् । नेपालको आर्थिक अवस्थाका हिसाबले पनि विद्युतीय बाइक उपयुक्त विकल्प हुन सक्छ ।”

याक बाइकले ५०० भन्दा बढी न्यून आय तथा बेरोजगारहरूका लागि रोजगारी सृजना गर्ने जनाएको छ । कम्पनीले काठमाडौँ उपत्यकाका प्रमुख भागमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने छ जसले सवारी यात्रु र सर्वसाधारण दुबैलाई फाइदा पुग्ने छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।