बरुणको स्थगित साधारण सभा माघ १२ गते, शतप्रतिशत हकप्रद जारी गर्ने

0
Shares

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले यसअघि स्थगित भएको १८ औं वार्षिक साधारण सभा माघ १२ गते आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिले बैठकले भर्चुअल माध्यमबाट अनामनगरस्थित कम्पनीको रिजस्टर्ड कार्यालयमा बिहान ९ बजे सभा बोलाएको हो । यसअघि पुस २९ गते वार्षिक साधारण सभा बोलाइएकोमा साधारण सभामा उपस्थित गणपूरक संख्या नपुगेपछि सभा स्थगित भएको थियो ।

सभाले चुक्ता पूँजीकाे शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको गत असार २० गते सम्पन्न विशेष साधारण सभाबाट शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको थियो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले गत पुस १६ गते बुकक्लोज गरेको थियो । बुकक्लोज मिति अनुसार सो भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम सेयरधनीहरु मात्रै सभामा प्रतिनिधित्व गर्न योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार  १० : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।