ग्लोबल आइएमई बैंकले दोस्रो त्रैमासमा कमायो सबैभन्दा उच्च नाफा

0
Shares

ग्लोबल आइएमई चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमास अर्थात ६ महिना अवधिमा सबैभन्दा उच्च नाफा गर्ने बैंक बनेको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस अवधिमा २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो वाणिज्य बैंकहरुमध्ये कै उच्च नाफा हो ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशत धेरै हो । पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४८ करोड ८५ रुपैयाँ छ ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी २१.४० रुपैयाँबाट २२.३९ रुपैयाँ पुगेको छ।

बैंकले पुस मसान्तसम्ममा २ खर्ब ७१ अर्ब ९० करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा २ खर्ब ५६ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले ४ अर्ब ७९ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी तथा ६ अर्ब ४४ करोड १७ लाख सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी २३ अर्ब ७९ करोड ५७ लाखरुपैयाँ रहेको बैंकको जगेडा कोषमा ९ अर्ब २१ करोड ५६ लाख र सेयरधनी कोषमा १ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १० प्रतिशत, कर्जा लगानी १२.१५ प्रतिशत र सञ्चालन नाफा १३.५७ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको निक्षेप संकलन १.२९, खुद ब्याज आम्दानी ०.४९ प्रतिशतले बढेकोे छ ।

पुस मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर १.१३ कायम भएको छ । बैंकको कोषको लागत ६.१६, आधार ब्याजदर ७.९९, स्पेडदर ३.५२ र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.७३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४४.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.५६ गुणा छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।