सानिमा बैंकको खुद नाफा एक करोड ४२ लाख रुपैयाँले बढ्यो

0
Shares

सानिमा बैंक लिमिटेड (SANIMA) ले चालु आर्थिक वर्ष २०७८।७९ को दोस्रो त्रैमास अर्थात ६ महिना अवधिमा एक अर्ब ७ करोड ७० रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले एक अर्ब ६ करोड २७ रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेपनि पूँजी बढेको अनुपातमा नाफा गर्न नसक्दा बैंकको वार्षिक प्रतिसेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी १९.०२ रुपैयाँ छ ।

बैंकले यसअवधिमा १ खर्ब ४४ अर्ब ५३ करोड रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३५ अर्ब ८९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ छ । चुक्ता पूँजी १७ प्रतिशतले बढेको हो ।

बैंकको निक्षेप संकलन १२.५४, कर्जा लगानी १४.१३ , खुद ब्याज आम्दानी ९.३४ प्रतिशतले बढेको छ । तर बैंकको सञ्चालन नाफा भनेको ०.३४ प्रतिशतले घटेको छ ।

बैंकको खराब कर्जा अनुपात घटेर ०.३१ प्रतिशत, कोषको लागत ६.४१, आधार ब्याजदर ८.०८, स्पेडदर २.७४, र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.८५ प्रतिशत, प्रतिशेयर नेटवर्थ १४०.०२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.१९ गुणा छ ।

Particulars Sanima Bank Limited 
Q2, 2078/2079 Q2, 2077/2078 Difference
Share Capital Rs ‘000 11,327,377.33 9,681,519.08 17.00%
Net Profit Rs ‘000 1,077,068.52 1,062,796.44 1.34%
Annualized EPS (Rs.) 19.02 21.96 -13.39%
Net Worth per share (Rs.) 140.02 154.14 -9.16%
Reserve & Surplus Rs ‘000 4,533,700.90 5,241,894.30 -13.51%
Deposit from Customers Rs ‘000 144,534,360.66 128,425,867.18 12.54%
Loans and Advances Rs ‘000 135,893,214.88 119,071,400.72 14.13%
Net Interest Income Rs ‘000 2,181,408.01 1,995,076.30 9.34%
Impairment charge/(Reversal) for loans Rs ‘000 220,386.64 117,642.81 87.34%
Operating Profit Rs ‘000 1,500,577.32 1,505,636.95 -0.34%
Capital Adequacy Ratio (CAR) 13.28% 15.04% -11.70%
Cost of Funds (%) 6.41% 5.16% 24.22%
Base Rate (%) 8.08% 6.83% 18.30%
CD Ratio (as per NRB Directives) 86.85% 87.58% -0.83%
Non-performing Loan (%) 0.31% 0.58% -46.55%
Price to Earnings (Times) 20.19    

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ७ माघ २०७८, शुक्रबार  ०९ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।