इन्भेष्टमेन्ट बैंकको नाफा १ अर्ब ६२ करोड, अन्य सूचक कस्ता ?

0
Shares

नेपाल इन्भेस्टमेन्ट बैंक (NIB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सामाज्य मात्र बढेको छ ।

शुक्रबार सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा खुद नाफा २.३७ प्रतिशतले मात्र बढेको हो ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा २५ करोड ५७ लाख रुपैयाँ मात्र रहेको छ ।

पुस मसान्तसम्ममा बैंकले १ खर्ब ७३ अर्ब ६७ करोड ७६ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब १६ करोड ४४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आवको यसै अवधिमा बैंकले १ खर्ब ७४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ५६ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

गत वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९८ करोड २४ लाख रहेकोमा घटेर २ अर्ब ४० करोड ६९ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिसम्म सञ्चालन मुनाफा भने ३.६२ प्रतिशतले बढेर २ अर्ब ४० करोड ७४ लाख रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष ०.३० प्रतिशतले घटेर १४ अर्ब ९ करोड ३५ लाख रुपैयाँमा झरेको छ ।

बैंकले खराब कर्जा अनुपातमा सुधारिएर २.०६ प्रतिशत झर्दा प्रतिसेयर नेटवर्थ १७८.३८ रुपैयाँ, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५.६९ प्रतिशत, आधार दर ७.२१ प्रतिशत र मूल्य आम्दानी अनुपात (पीई रेसियो) २५.९२ गुणा छ ।

चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रहेको बैंकको वार्षिक प्रतिसेयर आम्दानी घटेर १९.७१ रुपैयाँबाट घटेर १७.७४ रुपैयाँमा सीमित भएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।